रेशम चौधरीले डाकेको ८ दलीय मोर्चाको बैठक सुरू


काठमाडौं, २१ माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले डाकेको समाज विचारबाहेक आठ दलीय मोर्चाको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित् नाउपाको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाको लागि आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्नेबारे छलफल हुने बताईएको छ । बैठकमा जसपाबाट रेणु यादव, र इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव सहभागी छन् ।

यस्तै,जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव र मनिष सुमन सहभागी छन् । उता, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीको सहभागिता छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा बैठकमा सहभागी छन्। यस्तै, जनता प्रगतिशील पार्टीबाट डा। शिवजी यादव र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रज किशोर सिंहलगायत उपस्थित छन् ।