फेरि सर्‍यो अनेरास्ववियुको महाधिवेशन, अब जेठमा हुने


काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।

०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन हो ।

यसअघि चैत अन्तिम साता तय भएको महाधिवेशन मिति स्ववियु निर्वाचनका कारण जेठ १ देखि ४ गते हुनेगरी सार्नुपरेको अनेरास्ववियुले जनाएको छ ।