काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी विषयमा केही नबोल्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अदालतमा प्रवेश गरेको विषयमा बाटो–बाटोमा बहस गर्नु स्वाभनीय नहुने बताएका हु्न् । अदालतले केही न केही कमीकमजोरी भेटेर नै ६० लाख, ६५ लाख र १ करोड धरौटी मागेको उनको तर्क छ ।
‘तपाईँले रवि लामिछाने सहकारी ठग हो, म प्रमाण दिन्छु भन्नुभएको थियो । खाई प्रमाण ?’ भन्ने प्रश्नमा उनले भने, ‘अदालतमा विचाराधीन विषय छ । हामी सबै विधिको शासनमा विश्वास गर्छौं । हामीलाई लागेको जे कुराहरु भन्ने हो भनिसक्यो । ज्ुन कुरा अहिले अदालतको न्यायाधीशले प्रश्न गरिराख्नु भएको छ, मैले त्यो कुरा ऋषि धमलालाई किन भन्ने । जुन कुरा अदालतमा विचाराधीन छ, जुन कुरा अदालतमा छलफल चलिरहेको छ, बहस चलिरहेको छ । अदालतले पनि केही कुरा हेरेको होला नि त ? ऋषि धमलालाई बाटो–बाटोमा समातेर लगेर धरौटी मागेको छैन होला । ६० लाख राख, ६५ लाख राख, १ करोड राख, सम्पत्ति रोक्का राख । त्यसै त भनेन होला । केही त होला उपयुक्त हुन्न, शोभनीय हुन्न । अदालतमा विचाराधीन मुद्दामा तपाईँले मलाई अर्को १० चोटी सोध्नुभयो भनेपनि मैले दिने उत्तर यही हो ।
‘उपयुक्त समयमा तपाईँ प्रमाण दिन सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘जुन विषयमा संसद्मा छानविन भएर राज्यले अनुसन्धान गरेर, अभियोजन गरेर अदालतमा छलफल चलिरहेको छ । अदालतमा दुई÷तीन वटा अदालतबाट केही बहसहरु भइसके, केही निर्णयहरु भइसके । थप चलिरहेको छ । त्यसमा चित्त नबुझेर सरकार उच्च अदालत गइसकेको छ । अदाल प्रवेश गरिसकेको विषयका सन्दर्भमा सडकमा बसेर बहस गर्नु स्वाभाविक हुँदैन ।’




प्रतिक्रिया