काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले पोखरामा आयोजित प्रदेश सभापति र जिल्ला सभापतिहरुको भेलालाई लिएर आलोचना गरेका छन् । उनले अभिमुखीकरण कार्यक्रम राम्रो हुँदाहुँदैपनि उदेकलाग्दो देखिएको टिप्पणी गरेका हुन् । पोखरामा देखिएको दृश्यबारे धारणा राख्दै घिमिरले त्यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको आरोप लगाएका छन् ।
घिमिरले फेशबुकमा लेखेका छन्–
नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ।यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियोे।यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ।तथापि पार्टी भनेको पद ओगटेका दुई चार व्यक्ति मात्र होइनन्,मूलतःआठ लाख साठी हजार कृयाशिल सदस्य हुन्।पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो।पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ।जय नेपाल !!




प्रतिक्रिया