काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अध्यादेशको पक्षमा उभिने वा विपक्षमा भनेर पार्टीले निर्णय नगरेको स्पष्ट पारेका छन् । विभिन्न मिडियामा जसपा, नेपाल अध्यादेशको पक्षमा खुलेको वा विरोधमा भन्ने समाचार आएपछि यादवले आफ्नो फेशबुक पेजमार्फत यस्तो स्पष्ट पारेका हुन् । उनले आज विहान ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय लिनेपनि जनाएका छन् ।
यादवको सचिवालयबाट जारी वक्तव्यमा भनिएको छ–
जनता समाजवादी पार्टी नेपाल अध्यादेशको पक्षमा उभिने वा विपक्षमा उभिने औपचारिक कुनै निर्णय भएको छैन। सबै कुरा अहिले छलफलको क्रममा छ। अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउँछ। त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ। ुआलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिनेु शीर्षकमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक हुन्। जसपा नेपाल यस्ता भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।




प्रतिक्रिया