भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर चासो छ, सरकार ढाल्दैनौं : लालबाबु राउत (भिडिओसहित)


काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी, नेपालका महासचिव नेता तथा पूर्व मुख्यमन्त्री लालबाबु राउतले सरकारले ल्याएका अध्यादेशमध्ये भूमीसम्बन्धी अध्यादेशप्रति आफूहरुको बढि चासो रहेको बताएका छन् । उनले भूमिसम्बन्धी अध्यादेशमा आफूहरुले छलफलको माग गरेको स्पष्ट पारेका छन् ।

आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुको भूमिसम्बन्धी अध्यादेशमा केही चासो रहेको सुनाए । उनले आफूहरु सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘हामीले सरकार ढालेर के पाउने हो र ? अनि बचाएर पनि के पाउने हो र ?, आवश्यकत्ताअनुसार हामीले यो सरकारलाई समर्थन गर्दै आएका छौं । हाम्रो पार्टीले लिएको सिद्धान्त, नीतिअनुसार यदि त्यसमा केही अप्ठ्यारो हुन्छ भनेमात्रै हाम्रो असन्तुष्टि जाहेर गर्छौं ।’