उपेन्द्र यादवको पार्टी अहिलेका प्रधानमन्त्री ओलीले फुटाएको हो, राष्ट्रियसभाबाट अध्यादेश पारित हुने सम्भावना कम छ : मोदी


काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले सरकारले संसद्मा टेबल गरेका अध्यादेशहरु अस्विकृत गर्ने स्पष्ट पारेका छन् । उनले आफूहरुले अध्यादेशको पूरै विरोध गर्ने बताए ।

आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अध्यादेशको बारेमा नेपाली कांग्रेसभित्र पनि विरोध देखिएको सुनाए ।

उनले प्रतिनिधिसभाबाट अध्यादेशबाट पारित भएपनि राष्ट्रियसभाबाट पारित हुने सम्भावना कम रहेको सुनाए । उनले उपेन्द्र यादवको पार्टी आफूहरुले नफुटाएको दाबी गरे ।

उनले भने,‘उहाँहरुको पार्टी त सबभन्दा बढि त अहिलेका प्रधानमन्त्रीले फुटाएको हो, यो कुरा उहाँहरुले किन बुझ्नुहुन्न ?’ मोदीले संसद्प्रति अहिलेका कांग्रेस र एमालेलाई कुनै मोह नभएको आरोप लगाए ।