काठमाडौं, माघ २४ । राजधानीको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन बढी घाइते भएका छन् । आज बिहान पौने ९ बजे भएको विष्फोटमा परेका मध्ये गम्भिर पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । अन्य घाइतेलाई ज्ञानेश्वरको हिमाल अस्पताल र महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार कमलपोखरीमा रहेको सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । file photo




प्रतिक्रिया