काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा चितवन जिल्ला अदालतमा थु्नछेक बहस भइरहेको छ । हिजो (बुधबार) चितवन जिल्ला अदालतमा आफैं हाजिर भएका लामिछानेको बयान सकिएर थुनछेक बहस सुरु भएको थियो ।
हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेविरुद्ध चितवनकै सहारा सहकारी ठगीमा संलग्न रहेको आरोप छ । हिजो चितवनका जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सहन्याधिवक्ता अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले सरकारको पक्षबाट बहस गरेका थिए । उनीविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस जारी रहेको छ ।
लामिछानेविरुद्धको मुद्दामा सरकार पक्षबाट बहस गर्न छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरु झिकाइएको छ । छिमेकी जिल्ला बारबाट शम्भुकुमार बस्नेत, पर्साबाट भोलानाथ निरौला र धादिङ्गबाट दशरथ पंगेनीलाई चितवनमा झिकाइएको छ । लामिछानेको सहकारी ठगी मुद्दालाई बलियो बनाउन छिमेकी जिल्लाबाट समेत सरकारी वकिल झिकाइएको हो ।




प्रतिक्रिया