जसपासँग अझै कुरा मिलेन, आज अध्यादेश निर्णयार्थ पेश नहुने


काठमाडौं, २४ माघ । अध्यादेश निर्णयार्थ पेश गर्नबाट सरकार पछि हटेको छ । सरकारले पछिल्लो समय ल्याएको ६ वटा अध्यादेश संसद्मा टेबुल भइसकेको छ । आज संघीय संसद्का दु्वै सदनमा अध्यादेश निणर्याथ पेश गरिने कार्यसूची भएपनि जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सत्तारुढ दलहरु विश्वस्त हुन नसक्दा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएका थिए । कानुनमन्त्री चौरासिया र सभामुख घिमिरेको भेटलगत्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाको कार्यसूचीबाट अध्यादेश हटाइएको हो ।