काठमाडौं, माघ २५ । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । अहिले बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भएरगरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ९ बजेदेखि सिंहदरबारमा जारी पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया