काठमाडौं, २७ माघ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित् नेपाल प्रज्ञा–प्रतिष्ठानमा भट्टराईले बिरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन्।
आजदेखि माघ २९ गतेसम्म चल्ने महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। महाधिवेशनको उद्घाटन सत्रमा बाबुरामले रेशम चौधरी, डिपी अर्याल र समिक्षा बाँस्कोटालगायतलाई बोलाएका छन् ।





प्रतिक्रिया