काठमाडौं, २८ माघ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको महाधिवेशन २०८४ पछाडि पुर्याइए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीलाई वैधानिक संकट पार्ने अधिकार कसैलाई नरहेको बताए । नेता पौडेलले २०८३ मा पार्टीको महाधिवशेन हुने दाबी गरे ।
‘०८४ भन्दा पछाडि अधिवेशन गर्यौं भने पार्टीको वैधानिक शंकट हुने स्थिति हुन्छ । पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई पनि छैन । कुनैपनि तहको निर्वाचन हुनभन्दा १ वर्ष अगाडि अधिवेशन भएको सबैभन्दा राम्रो । अधिवशेन ०८४ मा पुर्याउने अधिकार कसैलाई पनि छैन । यो पार्टी हामीमात्रै सत्तामा बस्नका लागि होईन । युगयुगसम्म पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदारको रुपमा स्थापित हुनुपर्छ । त्यसैले मेरो विचारमा ०८३ सालभित्रै अधिवशेन हुन्छ,’– उनले भने ।
अधिवेशनमा नेतृत्व लिने प्रक्रियाको आधार स्पष्ट वैचारिकता हुनुपर्ने उनले बताए । File Photo/RN




प्रतिक्रिया