एक लाख ७० हजार नाघ्यो सुनको मूल्य


काठमाडौं, माघ २९ । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।