काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले वर्तमान सरकार कूटनीतिक सम्बन्धमा असफल भइसकेको बताएका छन् । आज (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले छिमेकी मुलुक चीन र भारत र मित्रराष्ट्रहरुसँगको सम्बन्ध राम्रो बनाउने नसकेको बताएका हुन् । ‘नेपाल–भारत सम्बन्ध पनि, नेपाल चीन सम्बन्ध पनि र अन्तर्राष्ट्रिय सम्बन्ध पनि । कूटनीतिक सम्बन्धमा यो असफल सरकार हो । फेल भएको सरकार हो,’– उनले भने ।
साथै, नेता शर्माले गिरीबन्धु टी स्टेटलगायतका जमिन वर्तमान सरकारले काुनन बनाएर नै अनियमितता गर्न खोजेको उनको दाबी छ । उनले सरकार चरम विकृति र विसंगतिमा फसेको दाबी गरे । ‘त्यो अध्यादेशले गिरीबन्धु टी स्टेटजस्ता राष्ट्रको सम्पत्तिहरु, जमिन, भूमि भू–माफियाहरुलाई दिने काम भइरहेको छ । नीतिगत भ्रष्टाचारको चरम विकृति र यो सबैभन्दा ठूलो विसंगति हो । कानुनी रुपमा नै भ्रष्टाचार गर्ने संस्कार बस्यो यो सरकारको । यो नै दुर्भाग्य हो,’– उनले भने ।
नेता शर्माले जनता समाजवादी पार्टीले अध्यादेशको पक्षमा मत जाहेर नगर्ने दाबी गरे । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यलाई अहित हुने कुनै पनि कुरामा सम्झौता नगर्ने उनले विश्वास व्यक्त गरे । ‘उहाँले राष्ट्रहितको विपरीतमा आएका विधेयकहरुमा साथ दिनुहुन्न भन्ने मलाई लाग्छ । उहा राजनीतिक प्राणी हो, न्यायको पक्षमा लडेर आएको नेतृत्व हो । राज्यलाई अहीत हुने कुराहरु, राज्यलाई अहीत हुने कुराहरु सायद उपेन्द्रजीले पनि गर्नुहुन्न होलो भन्ने मलाई विश्वास छ । राष्ट्रको हीतविपरीतको काममा उहाँ अग्रसर हुनुहुन्छ । उहाँको स्वभव त्यो हो,’– नेता शर्माले भने ।
साथै, पार्टी उपमहासचिव जनार्दन शर्माको विषयमा अनावश्यक भ्रम फिँजाइएको उनको दाबी छ । माओवादी केन्द्रलाई कसरी बलियो बनाउने हो भन्ने विषयमा आफ्नो विचार राख्नुलाई स्वभाविक मान्नुपर्ने उनले बताए । माओवादीमा त्यस्तो प्रकारको गुटको जरुरत नरहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया