काठमाडौं । रास्वपाका सांसद असिम साहले मन्त्रीहरुको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले सुशासनको नारा दिने सरकारले ७ महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका छन् ।
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्‚’ उनले भने । सांसद शाहले मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेको छ भन्दै प्रश्न गरे ।
‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्‚’ उनले भने ।




प्रतिक्रिया