काठमाडौं, २९ माघ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटाविरुद्ध हालेको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो भएको छ । एलिना र विष्णु कानुनी रुपमा अलग भएका छन् । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् । उनले मुलुकी देवानी संहिता २०७४ को दफा ७५ (ग) बमोजिम सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् । संहिताको उक्त दफाको उपदफा (ग) मा पतिले पत्नीको अंगभंग हुने वा अरु कुनै शारीरिक वा मानसिक रुपमा कष्ट हुने कुनै किसिमको काम वा जाल, प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न सकिने व्यवस्था छ ।
एलिनाका दाजु प्रलाह्द चौहानले सम्बन्धविच्छेद भइसकेको खुलासा गर्दै भनेका छन्, ‘नारीमाथि अन्याय सह्य हुँदैन । प्रकृति र नारीमाथि खेल्नेहरूको पतन निश्चित छ। बिष्णु सापकोटा, तिम्रो घमण्डले तिमीलाई बलियो देखाएको हुन सक्छ, तर सत्यलाई दवाउन सक्दैन। मेरो बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ। आजदेखि मेरो बहिनी एलिना चौहान र बिष्णु सापकोटाको सम्बन्ध कानुनी रूपमा समाप्त भइसकेको छ।’




प्रतिक्रिया