काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरुको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको थियो । निकै लामो समयसम्म पनि बैठक सुचारु हुन सकेको थिएन । अहिले बैठक भर्खरै सुरु भएको छ ।
आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि भनेर स्थगन् गरेका थिए । अहिले सुरु भएको बैठकमा विशेष समयमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।




प्रतिक्रिया