काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफू नेकपा एमालेमा जाने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।
बुधबार पार्टी निकट समाजवादी प्रेस संगठन उदयपुरले गरेको पत्रकार सम्मेलनामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले मतिभ्रष्ट भएकाहरुले एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका दाबी गरेका छन् ।
उनले भने, ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’
खनालले सरकारले ल्याएको अध्यादेश सदनबाट स्वीकृत नहुने अवस्था आउँदा पनि वर्तमान सरकारले नैतिकताको आधारमा सत्ता छाडन नमानेको आरोप समेत लगाएका छन् ।
अध्यादेश पास नहुने निश्चित हुँदा कांग्रेस र एमालेले सरकार ओगटेर बसेको उनको भनाइ छ । फरक प्रशंगमा खनालले साना दल फुटाउनेगरि सरकारले अध्यादेश ल्याएमा त्यसको असर ठूला दललाई नै पर्ने बताएका छन् ।




प्रतिक्रिया