काठमाडौं, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग दुई तिहाईको बहुमत रहेकोले कसैको पार्टीपनि विभाजन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन् । हामीसँग झण्डै दुई तिहाईको सरकार छ । किन फुटाउने ? फेरि फुटाउनेपनि कत्रा ? कुनै चट्टानजत्रो हो र ? यत्रा यता गिट्टी, ढुंगा फुटाएर के गर्नु ? हामीलाई त्यो आवश्यक पनि छैन् र सौखपनि छैन् ।’
आज (बुधबार) काठमाडौंमा आयोजित एमालेनिकट निजामति कर्मचारी संगठन नेपाल निजामति कर्मचारी संगठनको १२औं महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सो क्रममा जित्नेहरुले एकताबद्ध भएर जित्ने गरेको र हार्नेहरुले डेमोक्रेसीको नाममा झगडा गरेर सिद्दिने गरेको टिप्पणी गरे । उनले आफूहरुमाथि बाहृय र भित्री दुवै घेराबन्दी भैरहेको टिप्पणी गरे ।




प्रतिक्रिया