काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना


काठमाडौं, ३० माघ । काठमाडौंको शंखरापुर–५ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलको बा२ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । नगरकोट पिकनिक गएर फर्किएको सो बस मा अन्दाजी ४०/५० जना विद्यार्थी रहेको बताइएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।