दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति पर्छ?


काठमाडौं, फागुन १ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।