सिङ्गिङ स्टार नेपाल ग्राण्ड प्रिमियरमा प्रवेश


काठमाडौं, १ फागुन । सिङ्गिङ स्टार नेपाल ग्राण्ड प्रिमियरमा प्रवेश गरेको छ । आज (बिहीबार) परिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सिङ्गिङ स्टार नेपाल ग्राण्ड प्रिमियरमा प्रवेश गरेको बारे जानकारी गराइएको हो । सिङ्गिङ स्टार नेपालका होस्ट विशाल पोखरेलले गायन प्रतियोगितात्मक शो डिजिटल अडिन, फिजिकल अडिसन हुँदै टप १५ मा प्रवेश गरेको बताए ।

नेपालमा अर्ग्यानिक शो बनाउनका लागि आफूहरुले ‘सिङ्गिङ स्टार नेपाल’ शो ल्याएको पनि उनले बताए । ‘यसलाई अर्ग्यानिक शो बनाउँ भन्ने हाम्रो सोच आयो । विभिन्न रियालिटी शो हुँदाहुँदै पनि हामीले नेपालको माटोमा एउटा यस्तो शो बनाऔं भनेर हामीले सिङ्गिङ स्टार नेपाल बनाएको हौं,’– उनले भने ।

‘सिङ्गिङ स्टार’ मा प्रथम हुनेले २० लाख नगद र विभिन्न गिफ्टहरु पाउने र टप १५ मा परेका सबै गायक/गायिकाहरुलाई गीत रेकर्ड गर्न दिइने पनि बताइएको छ । उक्त शो हरेक शनिबार र आइतबार बेलुकी ९ बजेदेखि प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भइरहेको छ ।