काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् ।
गत माघ २७ गतेबाट नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु भएको थियो । महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो । कूल ८७३ मत खसेकोमा भट्टराईले ८०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चपागाईँले जम्मा ७१ मत पाए ।
महिला उपाध्यक्षमा डा.भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।




प्रतिक्रिया