कांग्रेस–एमाले गठबन्धन भत्किँदैन, भूमिसम्बन्धी अध्यादेश पारित हुने अवस्था छैन : उदयशमशेर जबरा (भिडिओसहित)


काठमाडौं, २ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद उदयशमशेर जबराले कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धन इनट्याक्ट रहेको भन्दै आगामी निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् । गठबन्धन तलमाथि हुने भनेर आएको समाचारप्रति उनले आश्चर्य प्रकट गरे ।

आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीनमा उनले संविधानलाई परिस्कृत गर्नेगरि दुई दलबीच सहकार्य भएको र यसले राजनीतिक स्थिरता कायम हुने विश्वास दिलाए । उनले कांग्रेस–गठबन्धन अहिले नभत्किनेपनि दाबी गरे ।

उनले संघीयताले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरे । त्यसैले संघीयतालाई अझै व्यवस्थित गर्नुपर्ने उनले आवश्यकत्ता औंल्याए । अहिले सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेशको सवालमा सरकारको तर्फबाट गृहकार्य कमी भएको उनले पनि राय सुनाए ।

उनले भूमिसम्बन्धी अध्यादेशको विषयमा आफ्नो पार्टीभित्र पनि कुरा उठेको र आफूले पनि कुरा उठाएको सुनाए । उनले अहिलेको परिस्थितिमा भूमिसम्बन्धी अध्यादेश पारित नहुने ठोकुवा गरे । उनले उक्त अध्यादेशलाई फिर्ता लिएर थप परिमार्जन गरेरमात्रै पेश गर्नुपर्ने सुझाव दिए । अध्यादेश ल्याउने विषयमा सरकारले सत्तारुढ दलकै सांसदहरुसँग छलफल नगरेकोमा भनेउनले आक्रोश पोखे ।