काठमाडौं, फागुन ३ । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्याँस विष्फोटमा घाईते थप एक जनाको मृत्यु भएको छ । माघ २४ मा भएको उक्त विष्फोटमा घाइते भएका एक जनाको शुक्रबार मृत्यु भएको हो । विस्फोटमा हालसम्म तीनजनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विष्फोटमा घाइते भएका २२ वर्षीय प्रदीप तामाङको शुक्रबार मृत्यु भएको हो ।
उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए । दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार जारी छ।




प्रतिक्रिया