काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अलपत्र रहेको हुलाकी सडक केपी शर्मा ओली प्रधानमन्त्री रहँदा काम थालिएको दाबी गरेका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोख्रेलले सो दाबी गरेका हुन् । हुलाकी सडकको कथा भन्दै उनले लेखेका छन् ‘हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचना संचारको परम्परागत मार्ग हो । त्यतिवेला हुलाक नै सूचना र संचारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सड़क संजालका रुपमा विकास भयो ।
उक्त हुलाकी सडकलाई मधेसी जनताको लाईफ लाईन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सड़कहरु बने । तर तराइ मधेसमा जनताको सघन वसोवास भएर गुज्रने हुलाकी सड़क वन्न सकेन । मधेसी जनताको गुनासो रहने नै भो । खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त सडक बन्न सकेन । हुलाकी सडकका नाममा भारतिय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका स्थानिय सडक बने । त्यसमा पनि स्थानिय जनताको गुनासो हुने नै भयो’ ।
महासचिव पोख्रेलले ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्वोधनमा अग्रसरता लिएको र भारत सरकारवाट प्राप्त हुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैले सडक बनाउने संकल्प गरेको बताएका छन् ।
उनले भनेका छन् ‘संविधान सभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकावन्दीको समेत नेपालले सामना गर्नु पर्यो । त्यस कुरालाई नेकपा एमाले नेतृत्वले गम्भीरतापूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्वोधनमा अग्रसरता लिनु भो ।
भारत सरकारवाट प्राप्त हुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैले सडक बनाउने संकल्प गर्नु भो । भारत सरकारलाई सहमत गराउनु भयो । आज मधेसको लाईफ लाईको रुपमा विकास हुदै गरेको हुलाकी सडक निर्माणमा नेकपा९एमाले०का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् । हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । हुलाकी सडक यति बेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ’ ।




प्रतिक्रिया