काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिराहा नवराजपुर गाउँपालिका–१ भगवतपीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कारको घट्नामा संलग्न दोषीहरुमाथि कडा कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद महतोले यस्तो माग गरेका हुन् । गत माघ २७ गते राति ९ बजे शौच गर्न गएकी सदामाथि सामूहिक बलात्कार भएको समाचार बाहिरिएपछि महतोले यो घट्ना संसद्मा उठाउँदै दोषीहरुउपर कडा कारबाहीको माग गरेका हुन् ।
महतोले भनेका छन्–
सम्माननीय सभामुखज्यू, सिराहा जिल्लाको नवरारजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको गत माघ २७ गते सामूहिक बलात्कार भएको घट्ना बाहिरिएको छ। माघ २७ गते गतेको राति ९ बजे शौच गर्न निस्किएकी सदा सामूहिक बलात्कारको शिकार भईन् । उनी विहान ३ बजे रुँदै घर आएको र शरिरमा चोटपटकसमेत लागेको मृत्तककी आमा सीतादेवीले खुलासा गरेकी थिईन् । रिंकुकुमारीमाथि स्थानीइ रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले मुख थुनेर गाउँबाहिर लगेको र हातखुट्टा समातेर पालैपाले करणी गरेको कुरा रिंकुले आफ्नो आमालाई सुनाएको कुरा समाचारमा उल्ल्ेख गरिएको छ । न्याय नपाएको कारणले नै पीडित रिंकुकुमारीले घरमै आत्महत्या गर्नुपरेको छ । यस्तो जघन्य अपराधको घट्ना बाहिरिँदापनि राज्य, सरकार यसरी मुकदर्शक भएर बस्न मिल्छ ? अझ यस्तो संवेदनशील घट्ना हुँद्यापनि स्थानीय तहमा पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख लिने सहमति भएको कुरापनि बािहरिएको छ। सामूहिक बलात्कारजस्तो जघन्य अपराधको यस घट्नामा संलग्न दोषीहरुमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।




प्रतिक्रिया