एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो । आजदेखि बस्ने भनिएको बैठक भोलि विहान ११ बजेदेखि बस्ने बताइएको छ ।

एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज सापकोटा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्याघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । File Photo/RN