काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनअघि महाधिवेशन हुन नसके पार्टी झनै कमजोर हुने बताए । नेता कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार रहेको पनि बताए ।
साथै, नेता कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । सात बुँदे सहमतिअनुसार काम हुन नसकेकै कारण कांग्रेसले सत्तामा रहेको अवस्थामै पनि खबरदारी गरिरहुनु परेको उनले बताए । कांग्रेस–एमालेसहितको वर्तमान गठबन्धन सरकारले सुशासन, आर्थिक कठिनाइको समाधान र संविधान संशोधनलगायतको काम गर्न नसके अब जनताले नपत्याउने उनले बताए ।




प्रतिक्रिया