काठमाडौं । काठमाडौंमा जारी इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध ५-० को जित निकाल्दै म्यानमारले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको उसले दोस्रो हाफमा थप एक गोल गर्यो । म्यानमारले खेलको २, ३०, ३६, ४० र ४९ औं मिनेटमा गोल गरेको थियो ।
म्यानमारका लागि दोस्रो मिनेटमा यून वादी लेङले गोल गरेकी थिईन् । ३०औं मिनेटमा सन्दर लिन, ३६औं मिनेटमा मे हेटले गोल गर्दै खेल ३-० मा पुर्याउँदा ४० औं मिनेटमा यून वादी लेङले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० मा पुर्याइन् । दोस्रो हाफमा मे टेट नु ले व्यक्तिगत दोस्रो गोल तथा टिमको लागि पाँचौ गोल गरेकी थिईन् ।
आजै हुने दोस्रो खेलमा नेपालले लेवनानसँग भिड्नेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।




प्रतिक्रिया