काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीलाई विशाल बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धेरै कम्युनिष्ट घटकहरुलाई पार्टीमा ल्याएर बलियो र गोलबन्द गराउने उनले बताएका हुन् । ‘नेकपा (माओवादी केन्द्र) मैले किन फुटाउने ? त्यो मेरो पार्टी हो, बलियो बनाउँछु । अझ धेरैलाई ल्याउँछु । अझ धेरैलाई ल्याएर गोलबन्दी भनेको छु मैले त, विशाल पार्टी बनाउने मेरो उद्देश्य हो,’– उनले भने ।
साथै, आफूले पार्टी फुटाउन खोजेको भनेर भ्रम फैलाइएको उनले बताए । पार्टी फुटाउँदै छ भनेर भ्रम फैलाउनेलाई उनले मुर्ख, बेबकुफ र अराजनीतिक मान्छेको संज्ञा दिए । ‘मलाई पार्टी फुटाउँछ भनेर कसैले भन्छ भने त्यो भन्दा मुर्ख, त्यो भन्दा बेबकुफ, त्यो भन्दा अराजनीतिक मान्छे कोही पनि होईन,’– शर्माले भने ।
साथै, आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कहिले पनि विरोध नगरेको उनले बताए । गलत क्रियाकला र प्रवृत्तिको भने विरोध भइरहने र विरोध हुनुपर्ने उनको भनाइ छ । ‘मैले पार्टी अध्यक्षको गरेको छैन, पार्टीमा हुने गलत क्रियाकलापको विरोध गरेको छु । गलत क्रियाकलाप, गलत कार्यशैलीको त सबैले विरोध गर्र्छ,’– उनले भने ।
पार्टीलाई विशाल र बलियो बनाउन विप्लव, बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विश्वभक्त दुलाल, हेमन्त ओली, लोकेन्द्र विष्ट, धर्मेन्द्र बास्तोलालगायतका शक्तिहरुसँग आफूले संवाद गरिरहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया