प्रचण्डकी नातिनीको विवाहमा देउवा सरिक, सम्बन्धमा हार्दिकता


काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धकमा हार्दिकता देखिन थालेको छ । प्रचण्डकी नातिनी दृष्टि केसीको विवाह समारोहमा कांग्रेस सभापति देउवा सरिक भएका छन् ।

हालै काठमाडौंमा सम्पन्न विवाहमा देउवा नवजोडीलाई शुभकामना दिन पुगेका थिए । देउवा र दाहाल दुवैले एकैपटक वरवधुलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए । प्रचण्डकी जेठी छोरी ज्ञानुकी कान्छी छोरी दृष्टिको विवाह एनआरएनए अभियन्ताका छोरासँग भएको हो ।

यसअघि प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी स्मिताको विवाह समारोहमा भने देउवा सरिक थिएनन् । उनी विराटनगरमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन उता गएका थिए । तर, स्मिताको विवाहमा देउवा पत्नी डा. आरजु राणा भने सहभागी भएकी थिईन् ।