काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु अध्ययाशील हुनुपर्ने भएको छ । १३ बुँदे आचारसंहिता लागू गर्दै समाजवादीले सो व्यवस्था गरेको हो ।
आजबाट लागू हुने आचारसंहितको ११ नम्बरमा अध्ययनशीलता हुनुपर्ने र अल्छी बन्न नहुने उल्लेख छ । आचारसंहितमा भनिएको छ ‘अध्ययाशीलता कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो । उनीहरु अध्ययनशील हुन्छन्र हुनुपर्दछ । कुनैपनि विषयमा राम्रोअध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्नु पर्दछ । अध्ययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्दछ । हामीले अध्ययन गर्नै पर्छ र कुरा राम्ररी बुझ्नै पर्छ । अध्ययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नु हुदैन’ ।
नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ । यस्तै बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।




प्रतिक्रिया