पार्टीको भातृ संस्था र जवसमा टीके प्रथा अन्त्य गर्नुपर्ने झलनाथको माग


काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको टीके प्रथा साधैंका लागि अन्त्य हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) देखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले टीके प्रथाकै कारण पार्टीभित्र र भातृ संगठनहरुमा गम्भीर समस्या देखिँदै गएको बताएका हुन् । पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ । टीके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ,’– नेता खनालले भने ।

पार्टी अध्यक्ष माधव कुमार नेपालतर्फ लक्षित गर्दै उनले पार्टीको विद्यार्थी संगठन, युवा संगठन र अन्य जनसंगठनहरुमा अबदेखि प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिनुपर्ने बताए । सम्मानित नेता खनाललले पार्टीभित्र जिम्मेवारी बाँडफाँडको सम्बन्धमा पनि असन्तुष्टि व्यक्त गरे ।