विराटनगर, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने मत राखेका छन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भैरहेको थियो ।
यही सन्दर्भमा शाहको अभिव्यक्ति संविधानविरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेका थिए । राजावादी नेताहरुले बाबुरामलाई सामाजिक सञ्जालमार्फत नै जवाफ फर्कारहेका छन् । यस्तोमा गगनलाई पनि सोधिएको प्रश्नमा उनले बोलेकै कारण ज्ञानेन्द्रलाई पक्राउ नगरिने धारणा राखेका थिए ।
सो क्रममा उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पारेका छन्। आज (शुक्रबार) विराटनगर विमानस्थलमा जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने स्पष्ट पारे । उनले भने,‘पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’ file photo




प्रतिक्रिया