काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरले काठमाडौंका जनतालाई बेबकुफको संज्ञा दिएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहरीया मान्छेले नै जनतामा वितृष्णा फैलाएको बताए । काठमाडौंजस्तो सहकारका जनताले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मंगलादेवी सिंहजस्ता मान्छेलाई हराएको भन्दै उनले काठमाडौंका जनतालाई बेबकुफको संज्ञा दिएका हुन् ।
‘जनता नै बेबकुफ हुन्, जसले कृष्णप्रसाद भट्टराईजस्तो मान्छेलाई हराए यो काठमाडौंका जनताले । जसले गणेशमानजीजस्ता मान्छेलाई भिलेन बनाए यहाँका जनताले । मंगलादेवी सिंहजस्तो मान्छेलाई हराए । रवि लामिछानेजस्तोलाई जिताउँछन्, नानीमैया दाहालजस्तालाई जिताउँछन् । त्यसकारण जनता नै यस्ता छन् । गाउँमा त त्यस्तो समस्या छैन । समस्या त यस्तै ठूला सहरहरुमा, काठमाडौंजस्ता ठूला सहरमा छ । गाउँमा कुनै समस्या छैन, जनता खुसी छन्,’– उनले भने ।




प्रतिक्रिया