काठमाडौं, १० फागुन । गृहमन्त्री रमेश लेखकले संविधानमाथि हुने सबैखाले आक्रमणको डटेर सामना गर्नुपर्ने बताएका छ्न । उनले अहिलेको संविधानले लोकतन्त्रको पूर्ण सुनिश्चित्ता गरेको भन्दै संविधानको रक्षाको लागि सबै एकजुट हुनुपर्ने आवश्यकत्ता औंल्याए ।
आज (शनिबरा) काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भूमिका खोज्दै जनतालाई अपिल गरेको र राजावादीहरु आन्दोलनमा होमिएकै बेलामा गृहमन्त्री लेखकबाट यस्तो अभिव्यक्ति आएको हो ।
मन्त्री लेखकले भने,‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’ सो क्रममा उनले सबै दलको सहमतिमा संविधान संशोधन गरिने पनि विश्वास दिलाए ।




प्रतिक्रिया