चिनियाँ कन्सुलरले वितरण गरेको चाइनिज साइकल जलाइयो


काठमाडौं, १० फागुन । वीरगन्जमा चिनियाँ दुतावासको विरोधमा प्रदर्शन भएको छ । मधेसीलाई अपहेलीत गरेको भन्दै चिनियाँ दुतावासको विरोध प्रदर्शन भएको हो । चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा विरतरण गरिएको चाइनिज साइकल जलाएको हो ।

प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन, मधेसीलाई अपहेलित गर्न पाइदैन, मधेशलाई सम्मान चाहिन्छ’ जस्ता नाराबाजी गरेका थिए । विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल वितरण गरेको अरोप लगाए । विरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, ‘हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चीनको औपनिवेशिकीकरण चल्दैन, चीनमा फालिएको साइकल मधेशलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?’

प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेशलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको बताए । आक्रोशित प्रदर्शनकारीहरूले विरगञ्जको नरसिंह माध्यमिक विद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।

प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए ।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

चिनियाँ दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चीनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेशको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडीको माध्यमबाट चाइनिज साइकल वितरण गरिएको थियो ।

वीरगञ्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले त्यस बिद्यालयमा अध्यनरत छात्राहरुलाई साइकल बितरण गरेको थियो । विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र दुइ सय साइकल बितरण गरिएको थियो ।