जसपाले विधिवत रुपमा सञ्चालनमा ल्यायो नयाँ पार्टी कार्यालय


काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ । आज (आइतबार) पार्टी अध्यक्ष आशोक कुमार राईले रिवन बाटेर नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । जसपाले नयाँ पार्टी कार्यालय ललितपुर महानगरपालिका–७ ग्वार्कोमा राखेको छ ।