काठमाडौं, ११ फागुन । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया