काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले ७४औं जन्मदिन मनाउन लागेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाटै शुभकामना दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले सुरुआतमै ओलीलाई जन्मदिनको शुभकामना दिएका हुन् । ‘सर्वप्रथम त म हाम्रो आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना दिन चाहन्छु । उहाँको राजनीतिक सफलताको कामना गर्दछु’ उनले भने ।
बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।
त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै नेकपा एमालेको नेतृत्व गरिरहेका छन् । ०७८ मंसिरमा भएको दशौं महािधवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् ।




प्रतिक्रिया