पार्टीभित्रका कुनै पनि नेतालाई अन्याय हुन नदिने शेखरको प्रतिवद्धता


काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा रहेका कुनै पनि नेता तथा कार्यकर्तालाई अन्याय हुन नदिने बताएका छन् ।

कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।

नेता डा कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् । कसैलाई पनि अन्याया हुन मैले दिनेछैन् ।

उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधानअनुसार अघि बढन निर्देशनसमेत दिए ।