काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले मिडियाहरुले जहिल्यै उल्टापुल्टा समाचार प्रकाशित गरेको टिप्पणी गरेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका सांसद बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आकाशबाट हिँउ झर्न नपाउँदै मिडीयाले जनजीवन कष्टकर भनेर हौवा पिटाउन थालेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन् ‘आकाशबाट हिँउ झरेको के खबर पाएका थिए मिडीयाले जनजीवन कष्टकर भनेर हौवा पिटाउन भ्याईसकेछन । किसान कति खुसी भए ढोरपाटन तिरका त्यो हाईलाईट नगर्ने ? जहिल्यै उल्टापुल्टा उचाल्ने ? जर्जसोरसको तालिम पाएकाले जस्तो त नगरे हुदैन भन्या? झोकै चल्ने कुरा विहानै पस्कने!’।




प्रतिक्रिया