काठमाडौं, १२ फागुन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आयो र के के कुरामा खर्च भयो भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकार यो विषयमा मौन बस्न नमिल्ने बताए ।
एनजिओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहको आरोप थियो । उनले अहिलेपनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।
उनले भने,‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्र्याउनेमा लगानी भयो ? यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ ।’ उनले नेपाल ग्रे–लिष्टमा पर्नुको कारणपनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया