काठमाडौं, १२ फागुन । पूर्वमहान्याधिवक्ता प्रा.डा.युवराज संग्रौलाले गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले पूर्वराजा देखाएर भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका छन् । वीरेन्द्रको शासनकालमा शासन गरेका र बहुदल आएपछि कांग्रेस–कम्युनिष्ट बनेका र अहिले पुनः राजा चाहिन्छ भनिरहेकाहरुले आफूले गरेको भष्टाचार छोप्न राजनीतिक आन्दोलन अर्कोतिर मोड्न खोजेको उनको आरोप छ ।
वरिष्ठ अधिवक्तासमेत रहेका संग्रौलाले भने, ‘भ्रष्टाचारको घटनालाई बाहिर आउन नदिनकै लागि राजनीतिक आन्दोलन अर्कैतिर मोडिँदै छ । राजा वीरेन्द्रको शासनमा शासन गर्ने व्यक्ति बहुदल आएपछि कांग्रेस र कम्युनिष्टमा आए । यो ३५ वर्ष पनि तिनैले तरमारे । अहिले ती फेरि राजा ल्याऊँ भनेर गएका छन् । किनभने यो भ्रष्टाचारलाई छोप्नकै लागि उनीहरु यो गरिरहेका छन् भन्ने प्रष्ट देखिन्छ । अहिले जो–जो यो कुरा (राजा चाहिन्छ भनेर) हिँडिरहेका छन्, ती व्यक्तिहरु कोही हिजो एमाले र कांग्रेसका मेयर थिए । कोही हिजो कांग्रेस र एमालेका सांसद, सभापति थिए । तिनीहरु पनि त अहिले तर मारिरहेका छन् नि त ।’
राजसंस्था आउनेवित्तिकै देशका सबै समस्या समाधान हुन्छ भनेर भनिनु मुर्खता रहेको उनले बताए । देश विकास र अर्थतन्त्र सुधारका लागि उत्पादनमा गएर देशलाई दैनिक खपतका वस्तुहरुबाट आत्मनिर्भर बनाउनुपर्ने र कर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ । राप्रपाले राजालाई देखाएर आफ्नो राजनीति सोझ्याइरहेको उनको टिप्पणी छ । File Photo/RN




प्रतिक्रिया