काठमाडौं । रास्वपाकी नेतृ तोसिमा कार्कीले स्वस्थ्य विमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै योजनालाई धक्का पुग्नेगरि लाचार अभिव्यक्रि दिएको आरोप लगाएकी छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले मन्त्री पौडेलले सुरुमा विमा रकम ५ लाख पुर्याउने बताएको तर, अहिले भुक्तानीको दायित्व राज्यले धान्न नसक्ने टिप्पणी गरेको भन्दैआपत्ति जनाएकी छन् । उनले काम गर्न नसकेमा राजीनामा दिन पनि मन्त्री पौडेललाई सुझाव दिएकी छन् ।
‘स्वास्थ्य विमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेमा मन्त्रीले नै अहिले उक्त दायित्व राज्यले बहन गर्न सक्दैन भन्दै लाचार अभिव्यक्ति दिएको देख्दा ुदख लाग्यो । स्वास्थ्य विमाको सुरुऋात हामीले गर्यो भन्दै जस लिन खोज्ने र यसलाई वषौंसम्म अलपत्र पार्ने र वार्षिक २६ देखि २८ प्रतिशतमात्र भुक्तानी गरेर राज्यलाई धरासयी बनाउने काम भएको छ । यदि क्षमा नभएमा मार्ग प्रसस्त गर्नुहोला । हामी छौं । सल्लाहकार छैनन् भने सल्लाहकार फेर्नुपर्यो । सल्लाह चाहिएमा हामी सल्लाह दिन तयार छौं । २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य विमा गरिओस् । यो काम मन्त्रीज्यूबाटै सुरुआत होस’ उनले भनिन् ।




प्रतिक्रिया