सशस्त्र प्रहरीको नाम फेर्न योगेश भट्टराईको सुझाव


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नाम फेर्न सुझाव दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भट्टराईले सशस्त्रको नाम फेरेर प्रहरी शव्द हटाउनु उपयुक्त हुने सुझाव दिएका हुन् ।

भट्टराईले भने ‘अर्ध सैनिक संगठन भनेपछि यसलाई प्रहरी भन्न पर्दैन । हामीसँग ७० वर्षदेखि सामुदायिक प्रहरीका रुपमा नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका काम गरिरहेकै छ । सशस्त्र सुरक्षा बल नेपाल भनेर नाम राखियो भने यसले यो अर्ध सैनिक बलको भावनाको ठिक ढंगले सम्बोधन हुन्छ’ ।