काठमाडौं । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको नाम फेर्ने नेकपा एमाले सांसद योगेश भट्टराईको प्रस्तावप्रति समर्थन जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी विधेयकमाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले सशस्त्रको नाम फेर्ने प्रस्ताव उचित रहेको बताएका छन् ।
‘यसअघि माननीयज्यूले नाम फेर्न उपयुक्त हुने सुझाव दिनुभयो । मलाई पनि त्यो ठीकै लाग्यो । सशस्त्र सुरक्षा बल राख्न उचित हुन्छ । किनभने यस्को काम कर्तव्य र अधिकारलाई अझ परिस्कृत गर्नका लागि’ उनले भने ।




प्रतिक्रिया