काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्व राजा ज्ञानेन्द्रले शहीदप्रति अपमान गरेको आरोप लगाएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले ७५औं प्रजातन्त्र दिवसको अवसरमार पूर्व राजाबाट जारी वक्तव्यले नेपाली समाजलाई तरंगीत बनाएको टिप्पणी गरेका हुन् ।
‘पूर्व राजा ज्ञानेन्द्रबाट शहीदको अपमान भयो प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे । जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तनलगत्तै ०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो । महाराज हात नलम्काईबक्सियोस् । आँखा नझिम्काईबक्सियोस् । संविधानले । यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोशिस भयो । भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन्’ उनले भने ।
नेता गैरेले तत्कालीन राजा वीरेन्द्रकै गल्ती ज्ञानेन्द्रले गर्दा राजतन्त्र ढलेको जिकिर गरेका छन् ।’त्यसपछि राजा ज्ञानेन्द्रले संविधान उल्लंघनको कोशिस गरे । संविधान नमान्ने, संविधानले दिएको अधिकार दुरुपयोग गर्ने । राजाले आफ्नो स्थानलाई अपमान गरे । निरंकुशता लाद्ने दलहरुलाई बन्देज लगाउने काम गरे । त्यसको परिणाम निरञ्कुश राजतन्त्र ढल्यो । २४० वर्षदेखिको राजाले गरिरहेको व्रह्मलुटको अन्त्य भयो । आज जनताले बोल्न पाउने लेख्न पाउने, चुन्न र चुनिन पाउने, आफ्ना जनतासँग चुनिएर राष्ट्रपति प्रधानमन्त्री हुन पाउने सुनिश्चितता भएको छ ’ उनले भने ।




प्रतिक्रिया